विदुरको केउरीनीलाई लायन्स उद्यमी नमूना गाउँको रुपमा विकास गरिने

लोकपथ
252
Shares

विदुर । विदुर नगरपालिकाको केउरीनीलाई लायन्स उद्यमी नमूना गाउँको रुपमा विकास गरिने भएको छ। असाेज १८ मा ‘लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक ३२५ बि १’ को आयोजनामा लायन्स उद्यमी नमूना गाउँ, विदुर नगरपालिका ८ केउरीनीको आज एक समारोहका बीच समुद्घाटन भएको छ।

लायन्स क्लबका डिस्ट्रिक गभर्नर लायन विशेश्वर आचार्यको अध्यक्षतामा सम्पन्न भएको समुद्घाटन समारोहमा संघीय सांसद नारायणप्रसाद खतिवडा, विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डित उपप्रमुख गीता दाहालको उपस्थिति रहेको थियो ।

शुभकामना मन्तव्य राख्दै लायन्स क्लबका गभर्नर आचार्यले केउरेनी गाउँका जनताको लागि अब भाग्य खुलेको र प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताए ।

No description available.

नारायण खतिवडाले कृषि सामग्रीको सामूहिक रुपमा उपयोग गरेर आर्थिक रुपमा सम्पन्न हुनेतर्फ लाग्न केउरीनीवासीलाई अनुरोध गर्दै सित्तैमा पाएको सामान हो भनेर दुरुपयोग गरे पाप लाग्ने बताए ।

No description available.

लायन्स उद्यमी नमूना गाउँअन्तर्गत केउरीनी क्षेत्रका ९० परिवारलाई समेटिएको छ। दिगो विकासको अवधारणाअनुसार देश भरिबाट नुवाकोटको केउरीनीलगायत १४ वटा गाउँलाई लायन्स क्लबले मोडल भिलेजको रुपमा विकास गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?