दयाहाङ र तुलसीलाई लिएर आप्पाको निर्माण घोषणा

काठमाडौं । अभिनेता दयाहाङ राईको मुख्य भुमिका रहेको ‘आप्पा’को भारतको सिक्कीममा निर्माण घोषणा गरिएको छ । सिनेमामा दयासँगै पुराना निर्माण तथा निर्देशक तुलसी घिमिरेको पनि मुख्य भुमिका रहने छ । 

भारतको कालेम्पोङ्गमा छायाँकन हुने सिनेमाको निर्देशन अनमोल गुरुङले गर्नेछन । निर्माण टिम र मुख्य कलाकार दयाहाङ राई, तुलसी घिमिरे र अरुणा कार्कीको उपस्थीतीमा सिनेमा निर्माणको घोषणासंगै छायाँकन सुरु गरियो ।

बुधबारदेखि भारतको विश्वप्रसिद्ध घुम रेल्वे स्टेसनबाट आप्पाको छायाँकन सुरु गरिएको निर्देशक गुरुङले बताए । बाबु छोराको सम्बन्धको कथामा निर्माण हुने सिनेमालाई अर्को वर्षको बुवाको मुख हर्ने दिनमा रिलिी गरिनेछ ।

दयाहाङ नेपालमा आफुले अभिनय गरिरहेको सिनेमाको छायाँकन रोकेर कालेम्पोङ्ग पुगेका थिए । सिनेमाको कथा मन परेर नै आफुले ‘आप्पा’मा का मगर्न लागेको उनको भनाई थियो । दयाले भने सिनेमाको कथा सुनेपछि आफ्नो मनले यो सिनेमा छाड्नु हुन्न आप्पाले मलाई नयाँ उचाईमा पु¥याउँछ भन्ने लागेकोले मैले साइन गरेको हुँ उनले भने ।

यता पुराना निर्देशक तथा कलाकार तुलसी घिमिर आफुले नेपाली सिनेमाको  ट्रेन्ड नै चेन्ज गर्ने नायकसँग काम गर्न निकै चुनौती रहेको बताउँछन् । दयाले एकदमै प्राकृतिक अभिनय गर्छन । मैले आफ्नो भुमिकालाई इमान्दारी पुर्वक निभाउने कोशिस गर्नेछु । यो सिनेमाको करिब दुई महिना छायाँकन चल्नेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?