एमालेको विधान महाधिवेशन : राजनीतिक प्रतिवेदनसहितका प्रस्ताव पेश

लोकपथ
98
Shares

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेश गरिएको छ ।

ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका हुन् । तीन वटै प्रस्तावमाथि समूह बनाएर छलफल हुने पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

पार्टीको नीति र विधिमा मात्रै केन्द्रित भएर एमालेले पहिलो पटक विधान महाधिवेशन आयोजना गरेको हो । ३ दिनसम्म चल्ने सो महाधिवेशनको दोस्रो दिन शनिबार समूहगत छलफल हुने र तेस्रो दिन आईतबार प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफसहित महाधिवेशन समापन हुनेछ । एमालेको नेतृत्व चयनका लागि राष्ट्रिय महाधिवेशन भने आगामी मंसीर दोस्रो साता तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?