काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य समस्याका कारण सम्बोधन भाषण पुरा गर्न सकेनन् ।
उद्घाटन सत्रमा बिहीबार राजनीतिक प्रतिवेदन पेश गरिरहेका ओलीले आफूलाई असजिलो भएको भन्दै स्थायी कमिटी सदस्य शंकर पोखरेललाई बाँकी सम्बोधन पूरा गर्ने जिम्मा दिए ।
लिखित भाषण बाचन गरिरहेका ओलीले आफूलाई रुघा खोकीको कारण देखाउँदै पोखरेललाई त्यसको जिम्मेवारी दिए ।
ओली आफ्नो आसनमा बसेसँगै पोखरेलले लिखित सम्बोधन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया