एमाले विधान महाधिवेशन : ओलीलाई स्कर्टिङ गरेर सभास्थलसम्म लगिने

लोकपथ
161
Shares

काठमाडौं । आजबाट नेकपा एमालेको विधान महाधिवेशन हुँदै छ । ललितपुरस्थित इन्द्रेणी हलमा हुने विधान महाधिवेशनको सम्पूर्ण तयारीहरु पूरा भएको छ ।

महाधिवेशनमा सहभागी हुन जाँदा अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताहरुले स्कर्टिङ गरेर सभा स्थलतर्फ लगिने भएको छ । अनेरास्ववियु, युवा संघ लगायतले अध्यक्ष ओलीलाई सातदोबाटोबाट गोदावरीसम्म गाडी र मोटरसाइकलमा स्कर्टिङ गरेर लगिन लागेको हो । १२ः३० मा उद्घाटन हुने महाधिवेशनको लागि केहीबेरमा ओली त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

विधान महाधिवेशमा एमालेले राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदनलगायतका विषयहरुमा छलफल हुनेछ । विधान महाधिवेशनमा पारित हुने प्रतिवेदनहरुलाई यसअघि बसेको केन्द्रीय कमिटी बैठकले परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?