काठमाडौं । असोज १५ गते शुक्रबार (भोलि) बाट सुरु हुने नेकपा एमालेको पहिलो विधान अधिवेशनको तयारी पुरा भएको छ ।
बिहीबार (आज) पार्टीको विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गर्दै त्यसबारे जानकारी गराएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुने महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
मध्यान्न १२ः१५ बजे उद्घाटन हुने महाधिवेशन बेलुन उडाउनुका साथै राष्ट्रिय गान बजाएर गरिनेछ ।
समितिले दिएको जानकारी अनुसार तीन वटा प्रस्तावहरु पेस गरिनेछ भने उक्त प्रस्तावहरुमाथि शनिबार समूहगत रुपमा छलफल गरिनेछ । त्यस्तै १७ गते समूहगत छलफलबाट सुझावको संक्षेपीकरण गर्दै सम्मेलन गरि सम्मेलन समापन गरिनेछ ।
पार्टी स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा रहेको कमिटीमा शेरबहादुर तामाङ (सचिव), कृष्ण गोपाल श्रेष्ठ, खिमलाल भट्टराई, विनोद श्रेष्ठ, सुजिता शाक्य, पासाङ शेर्पा र सुशीला नेपाल लगायत सदस्यहरु रहेका छन् ।
महाधिवेशनमा देशभरबाट बरिव ६ हजार प्रतिनिधि सहभागी बन्नेछन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया