काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दुई विधेयक प्रमाणीकरण गरेका छन् ।
मंगलबार सभामुख सापकोटाले संघीय संसदको दुवै सदनबाट पारित भएका ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ प्रमाणीकरण गरेका हुन् ।

सभामुख सापकोटाले नेपालको संविधानको धारा १११ बमोजिम प्रमाणित गरि राष्ट्रपतिको कार्यालयमा पठाउने सचिवालयले जनाएको छ ।
‘सभामुखद्वारा प्रमाणित विधेयकहरु संविधानको धारा ११३ (१) बमोजिम प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइनेछ ।’ सचिवालयले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया