प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय हुन सक्ने

लोकपथ
728
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

सोमबार (आज) अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश विभाजन खारेजीको विषयमा कुरा हुने स्रोतले जनाएको छ । यसअघि बसेको बैठकमा समेत सो विषयमा कुराकानी भएको थियो भने सत्तारुढ गठबन्धनको बैठकमा समेत उक्त अध्यादेशका विषयमा कुराकानी भएको थियो ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुले उक्त अध्यादेशका विषयमा छलफललाई सरकारले अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?