कुमारी बैंकले महिलाहरुलाई दियो आत्मरक्षा तालिम

लोकपथ
156
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा महिला हिंसाको न्यूनीकरण तथा प्रतिकार गर्न देशको विभिन्न स्थानहरुमा महिलाहरुलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको छ ।

बैंकले आत्मरक्षाको माध्यमबाट महिला सशक्तीकरणको उद्देश्यसहित उक्त प्रशिक्षण दिएको हो ।

महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसँग परिचित गरार्इ आत्म मनोबल उच्च बनाउने उद्देश्यसहित उक्त प्रशिक्षण सुरु गरिएको थियो ।

महिलामैत्री वातावरण सहितको कार्यस्थललाई अग्रस्थानमा राखिीबैंकले कारोबार गर्दै आइरहेको र यस किसिमको प्रशिक्षणबाट महिलाहरुमा थप जागरूकता, मौखिक रक्षा, झुटा आरोप तथा आत्मसमर्पण रक्षा, शारीरिक रक्षा, र कानुनी रक्षासम्बन्धी विषयमा प्रशिक्षित भई उच्च मनोबलका साथ अगाडि बढ्न प्रेरित हुने तथा आत्मारक्षा सम्बन्धमा जनचेतनामा समेत विस्तार हुनेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशमा प्रशिक्षण संचालन सम्पन्न भइसकेको छ भने क्रमशः अन्य प्रदेशहरुमा पनि संचालन गर्ने तयारी भइसकेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरी कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटीएम, ३२ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?