काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बठैक आज बस्दैछ ।
बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
बैठकमा असोज १५ गतेदेखि १७ गतेसम्म हुने विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया