काठमाडौं, ३ बैशाख– सरकारले सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले आन्दोलन गर्ने निर्णय गरेका छन् ।सिन्डिकेट हटाउने गरी सरकारले ल्याएको ‘यातायात व्यवस्थापन निर्देशिका’ खारेजीसहितको माग गर्दै उनीहरुले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका हुन् ।राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बैशाख ५ गते पत्रकार सम्मेलनको आयोजना गरेर चरणबद्ध आन्दोलनको घोषणा गर्ने बताए ।महासंघ स्रोतका अनुसार बैशाख ६ गते प्रधानमन्त्री र सात ओटै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, बैशाख १९ गते देशभरका यातायात कार्यालय घेराउ गर्ने र बैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको गरिने तय गरिएको छ ।महासंघ संयोजकत्वमा हुने अन्दोलनमा ट्रक व्यवसायी महासंघ, पेट्रोलियम ढुवानी महासंघ, ढुवानी महासंघ, पेट्रोलियम डिलर एसोसियसनसमेतले साथ रहने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया