काठमाडौँ, ३ बैशाख- नेकपा एमालेले पार्टी स्थायी कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।एकताबारे सहमति जुटाउने प्रयासस्वरुप एमाले र माओवादीका अध्यक्षबीच बालुवाटारमा ‘वान टु वान’ बैठक बसेकै साँझ एमालेले बैठक बोलाएको हो ।बैठकमा एमाले माओवादीबीच हुने भनिएको पार्टी एकता, सो क्रममा देखिएको सामान्य विवाद कसरी हल गर्ने भन्ने विषयमा छलफल केन्द्रीत हुने बुझिएको छ ।एमालेले–माओवादी बीच चुनाव चिह्न, प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने–नराख्नेदेखि पार्टी एकतापछि बन्ने कमिटीमा कुन पक्षका कतिलाई सहभागिता गराउने भन्ने विषयमा विवाद छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया