परराष्ट्रमन्त्री ज्ञवाली पाँच दिने भ्रमणका लागि चीन जादै

काठमाडौं, ३ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पाँचदिने भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछन् । मन्त्री ज्ञवाली राति ११ बजे चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।चीन उड्नुअघि मन्त्री ज्ञवालीले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन जान लागेका मन्त्री ज्ञवालीको यो भ्रमणले दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउने विश्वास गरिएको छ ।ज्ञवालीको यो भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका रूपमा समेत हेरिएको छ । उनको भम्रणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका विषयमा समेत छलफल हुने बताइएको छ ।मन्त्री ज्ञवालीले वैशाख ५ गते समकक्षी वाङ यीसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम छ । बेइजिङपछि मन्त्री ज्ञवाली सिचुवानमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?