अब काठमाडौंका यी ७ स्थानमा मात्रै विरोध प्रदर्शन गर्न पाइने

काठमाडौं, ३ बैशाख– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका ७ स्थानलाई सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको छ ।जिल्ला सुरक्षा समितिले आगामी बैशाख १६ गतेदेखि लागू हुने गरी खुल्लामन्च, तीनकुने खुल्ला चौर, भूइँखेल चौर–भगवान पाउ, पेप्सीकोला– खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर र सिफल चौर– गौशाला गरी ७ स्थानलाई सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्ने स्थल तोकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जारी गरेको सूचनामा उल्लेख छ ।यसअघि प्रदर्शनकारीले मनपरि रुपमा प्रदर्शन गर्दै आएका थिए । अब तोकिएको स्थान भन्दा बाहिर प्रदर्शन गरेमा प्रशासन कडा रुपमा प्रस्तुत हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?