जापानमा भवन भट्टको कम्पनिबाट नेपालीहरू निष्काशीत 

एजेन्सी । गैरआवासिय नेपाली संघका अध्यक्ष भवन भट्टको जापानमा रहेको कम्पनि टिबिआई जापानले त्यस कम्पनिका कार्यरत नेपाली कर्मचारीलाई निकाल्ने निर्णय गरेको छ ।हिजो शुक्रबार। जुन निर्णय त्यहा कार्यरत नेपालीहरूले असहमती जनाएका छन् । लामो समयदेखी काम गर्दै आएका नेपालीहरू कम्पनिको यो निर्णयको विपक्ष भएकाले कानुनी लडाई लड्ने निर्णय पनि गरिरहेका छन् ।कम्पनिको निर्णयमा असहमति जनाएका कामदारले भवन भट्टलाई फोन गरि जानकारी गराए पनि भट्ट र कामदारहरूबीच भएको बैठकमा भट्टले कम्पनिले सहि निर्णय गरेकोले कम्पनिको निर्णय नै आधिकारि निर्णय हो भनेसगँ भट्टसगँ केही आशावादी भएका नेपालीहरू निराश भन्न बाध्य भए।यो निर्णयले नेपालीहरूले जापानको श्रममा गएर उजुरि दिने निर्णय पनि गरेका छन् । कम्पनिले कुनै गल्ती बेगर जापानमा कामदार निकाल्दा जापनमा कर्मचारी बेखुसी भएमा श्रममा उजुरी दिने गर्दछन् ।जापानमा श्रमसम्बन्धी कानुन कडा भएकोले नेपालीहरू केही आशाबादी पनि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?