चैत मसान्तभित्र अवरुद्ध मेलम्चीको पानी काठमाडौं ल्याइने

लोकपथ
203
Shares

काठमाडौं । सरकारले बाढीका कारण अवरुद्ध मेलम्चीको पानी आगामी चैत मसान्तभित्र ल्याइसक्ने घोषणा गरेको छ ।शुक्रबार प्रतितिधिसभामा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन् ।

‘बाढीद्वारा क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना सम्वत् २०७८ चैत्र मसान्तभित्र आवश्यक मर्मत तथा पुनर्स्थापन गरी नियमित खानेपानी आपूर्ति हुने प्रबन्ध मिलाएको छु’, शर्माले भने ।

गत असारमा मेलम्चीमा आएको भीषण बाढीका कारण बाँध बगाउँदा मेलम्ची अवरुद्ध बनेको थियो । बाढीका कारण काठमाडौं आउन थालिसकेको मेलम्ची पुनः अनिश्चित बनेको बेला सरकारले यस्तो घोषणा गरेको हो।

सरकारले नदी कटान एवं बाढिपहिरोको कारण भएको सडक लगायतको क्षतिको तत्काल पुनर्निर्माण र पुनर्स्थापन कार्यक्रमका लागि समेत बजेट छुट्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?