काठमाडौँ, १ बैशाख -साढे ३३ केजी सुन तस्करीसँग जोडिएको सनम शाक्य हत्याकाण्ड खोतल्दै जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै एक सातामा ३०० केजी सुन तस्कर हुने गरेको खुलेको छ । एयरलाइन्सका कर्मचारी र सुन व्यापारीको सेटिङमा तस्करी हुने गरेको प्रहरीको भनाइ छ । सातामा ३०० केजी सुन तस्कर गर्ने अधिकांश अहिले पक्राउ परेकामध्ये नै रहेको प्रहरीले बतायो । आजको नयाँ पत्रिकामा खबर छ |प्रहरीका एक उच्च अधिकारी भने, ‘अहिले जुन जोजो समातिएका छन्, उनीहरूले मात्रै प्रत्येक साता ३०० केजी सुन तस्करी गरेको सूचना पाएका छौँ । यो काम एयरलाइन्सका कर्मचारी र सुन व्यापारीको सेटिङमा हुँदै आएको खुलेको छ । प्रहरीका भूतपुर्व अधिकारीको पनि संलग्नता देखिएको छ । अनुसन्धान जारी छ, केही दिनमै पर्दाफास हुनेछ ।’विमानस्थलबाट टनका टन सुन तस्करी हुने गरेको सुचना आएपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ । टोली अनुसन्धानमै छ ।साढे ३३ केजी सुन तस्करी काण्डमा जोडिएर तीनजनाको ज्यान गइसकेको छ । तर, उक्त सुन कोसँग कहाँ छ अझै खुल्न सकेको छैन । न सुन ल्याउन लगाउने समातिएका छन्, न पठाउने व्यक्तिको पहिचान नै खुल्न सकेको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार गायब भएको भनिएको साढे ३३ केजी सुन गोरे भनिने चुडामणि उप्रेतीको हो । तर, उनलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । पछ्याउँदै जाने क्रममा उप्रेतीले सुन स्टोर गर्ने गरेको कोठा भने फेला प¥यो । उक्त कोठा नयाँ वानेश्वरस्थित एक घरमा छ । तर, प्रहरीले त्यहाँ पनि सुन भेट्टाएन । तस्करीमा जोडिएका १८ जनालाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया