काठमाडौं । बुधबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश परिमार्जन भएको छ ।
अब कम्पनीले हाल कायम चुक्ता पुँजीको १६ दशमलब ५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २ दशमलब ५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
बीमा समितिले आयकर खर्च सम्पति व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट बोनस सेयर वितरण गर्दा कर विवरणमा आय जनाई आयकर दायित्व लेखांकन गरी परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएको हुनाले लाभांश परिमार्जन गरिएको कम्पनीले जानकारी दिएको छ ।
यसअघि कम्पनीको असार ७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्तापुँजीको १६ दशमलब ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ दशमलब ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया