‘नेपालमा लगानीको वातावरण बनाउनुपर्ने आवश्यकता छ’

लोकपथ
28
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालमा लगानीको वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

बुधवार लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समोरोहमा बोल्दै अर्थमन्त्री शर्माले लगानीकर्ताले लगानीको ढोकाबाट प्रवेश गर्दा विश्वास दिलाउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

उनले लगानी प्रवाहलाई प्रवद्र्धन गर्न सरकारले सार्वजनिक निजी साझेदारी लगानी ऐन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक उद्योग ऐन जस्ता नीति निर्माण गरेकोले अब यसलाई कार्यान्वयन गरेर लानुपर्ने बताए ।

अर्थमन्त्री शर्माले लगानी गर्नुको मुख्य उद्देश्य भनेको गरिबीको अन्त्य गर्ने, व्यापार घाटाको अन्त्य गर्ने र देशलाई समृद्ध स्तरमा पुर्‍याउने बताए । उनले नेपालका विभिन्न स्थानहरुमा लगानी गर्नका लागि विदेशी लगानी कर्ताहरुलाई उत्साहका साथ नेपाल आउने व्यवस्था र वातावरण सिर्जना गर्न सरकार लागि परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?