साढे ३३ केजी सुन प्रकरणः प्रहरी हिरासतमै अभियुक्तद्वारा आत्महत्या

काठमाडौं, ३० चैत । साढे ३३ केजी सुन काण्डमा समातिएका एक जना अभियुक्तले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमा रहेका प्रेमराज चौधरीले आत्महत्या गरेका हुन् । उनले बिहान ५ बजे गाडी बाथरुममा आत्महत्या गरेका थिए ।गत माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित मानिससम्म नपुगी गायव भएको थियो ।गायव भएको सुन खेज्ने क्रममा भरिया शनम शाक्यलाई यातना दिएर हत्या गरिएको थियो ।त्यस्तै सो साढे ३३ केजी सुन काण्ड घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी विदेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तालिएका छन् ।गृहमन्त्रालयले घटनाको अनुसन्धान गर्न सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो ।घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म १९ जना पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?