काठमाडौँ, ३० चैत- नेपाल र भारतबीचका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध समूह (इपिजी)को आठौँ बैठक दिल्लीमा सुरु भएको छ, आजको नयाँ पत्रिकामा खबर छ ।शुक्रबार सम्पन्न हुने बैठकबाट १९५० को सन्धि, नेपाल–भारत सीमा व्यवस्थापन, व्यापार, जलस्रोतसम्बन्धी सहकार्यलगायत सबै विषयमा सहमति जुटाउने कोसिस भएको छ । इपिजीले सदस्यहरूको सानो टिम बनाएर अहिलेसम्म तयार प्रारम्भिक प्रतिवेदन टुंग्याउने जिम्मा दिँदै छ ।‘सबै विषयमा छलफल भइरहेको छ, विचारको आदान–प्रदान भइरहेको छ,’ दिल्लीबाट इपिजी नेपालका संयोजक डा. भेषबहादुर थापाले भने । उनले यो बैठकबाट धेरै विषय टुंगिने पनि बताए । भारततर्फका संयोजक भगतसिंह कोस्यारीले पनि छलफल सकारात्मक रूपमा अघि बढेको प्रतिक्रिया दिए, नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया