नेपाल भर्सेस भारत मैत्रीपूर्ण फुटबल खेल हाम्रो पात्रोमा प्रत्यक्ष हेर्न सकिने

लोकपथ
1.3k
Shares
v]nf8Lx¿ sf7df8f}+, !& ebf} . bz/y /ªzfnfdf laxLaf/ g]kfn–ef/taLr cGt/fli6«o d}lqk”0f{ km”6jn k|ltof]lutfdf ;xefuL x’g] qmddf v]nf8Lx¿ . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं । नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोबाट हुने भएको छ । म्याच प्रसारण गर्नका लागि एडप्याड र हाम्रो पात्रोबीच सहकार्य भएको छ।

विशेष गरि अहिले अमेरिका,अस्ट्रेलिया र जापानमा रहेका दर्शकहरुले हाम्रो पात्रोमा गएर फुटबलको लाइभ हेर्न सक्ने हाम्रो पात्रोले जनाएको छ।

कसरी हेर्ने फुटबलको लाइभ ?

अनलाइनमा फुटबल खेलको प्रत्यक्ष प्रसारण हेर्न चाहने दर्शकले सुरुमा हाम्रो पात्रोको वेबसाइट वा मोबाइल एपमा जानुपर्नेछ अथवा लिंक मा क्लिक गर्न सक्नुहुनेछ । त्यहाँ उपलब्ध मेनु तथा होम पेजमा रहेको ‘नेपाल-भर्सेस इन्डिया फ्रेन्डली म्याच’ मा क्लिक गर्नुहोस् । यति गरेसँगै टिकेट खरिद गर्ने पेज खुल्छ ।

त्यसमा आवश्यक क्रेडिट कार्डको विवरण राख्नुहोस् र टिकेट खरिद गर्नुहोस् र ‘वाच नाव’मा थिच्नुहोस् । यो सबै प्रक्रिया पुरा गरेपछि म्याच लाइभ सुरु भइसकेको छ भने त्यहाँ त्यसको भिडिओ फिड देखिनेछ । सुरु भइसकेको छैन भने बाँकी रहेको समयको काउन्टडाउन अर्थात उल्टो गणना देखिनेछ ।

प्रत्यक्ष प्रसारण लिंक :  https://bit.ly/3yH0P51

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?