काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सम्बन्धमा थप स्पष्ट पार्न आग्रह गर्दै अमेरिकालाई पत्र लेखेको छ ।
एमसीसी सम्झौताको सम्बन्धमा विभिन्न पार्टीहरुको आ-आफ्नै धारणा रहेको छ । पछिल्लो समय वर्तमान सरकारले पूर्णता नपाउँदै एमसीसी सम्झौताको सम्बन्धमा सत्तारुढ गठबन्धनबीच असमझदारी बढेको भन्ने समाचारहरु बाहिरिइरहँदा एमसीसी सम्झौताका केही बुँदाहरुलाई स्पष्ट पार्नका लागि नेपाल सरकारले अमेरिकी सरकारलाई पत्र लेखेको हो ।
सरकारले पत्रमा एमसीसी सम्झौताको बारेमा ११ वटा मुख्य र अन्य केही प्रश्नहरु गरेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया