पाँच लाख घुससहित बूढानीलकण्ठका अधिकृत र इन्जिनियर पक्राउ

काठमाडौँ, २७ चैत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडाको बूढानीलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत लीला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।सोमबार राति ८ बजे अख्तियारको टोलीले उनीहरूलाई ५ लाख घुस रकमसहित पक्राउ गरेको हो ।उनीहरूलाई काठमाडाैँ महानगरपालिका– ३ को कार्यालयनजिकै घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार प्रवक्ता दीर्घराज मैनालीले बताए । अख्तियारले उनीहरूबाट दुई थान सवारीसाधनसमेत नियन्त्रणमा लिएको छ, नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?