मोरङ, २६ चैत – जहदा गाउँपालिका–१ मा चट्याङ लागेर आज बिहान एक वृद्धको मृत्यु भएको छ ।खेतमा मुसा मार्दै गर्दा चट्याङ लागेर सो गाउँपालिका वडा नं ३ का ६० वर्षीय रामु मरण्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए ।मृतकको छातीमा चट्याङ लागेको प्रहरीको भनाइ छ । एउटा हातमा मरेको मुसा र अर्को हातमा कोदालो बोकेको अवस्थामा मरण्डीको शव फेला परेको प्रनाउ कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया