निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र कारबाही गर्न निर्देशन

लोकपथ
98
Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरवारमा बसेको समितिको बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारले यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

त्यस्तै समितिले दार्चुला जिल्लाका जयसिंह धामी तुइन तर्ने क्रममा बेपत्ता भएको घटनाबारे तत्काल कारबाही प्रक्रिया अघि बढाउन पनि सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले बताइन् ।

त्यसैगरी समितिले दार्चुलाको व्यास नरपालिकाका जनतालाई आवश्यक औषधि र खाद्यान्नको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ । अहिले देशमा महिला हिंसा, हत्या र बलात्कारको शिकार भइरहेकोले यस्ता घटनालाई नियन्त्रण गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

सभापति श्रेष्ठले भनिन्, “दार्चुला जिल्ला व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामीको मिति २०७८ साउन १५ गते तुइन तर्ने क्रममा भएको घटना प्रकरणको सम्बन्धमा समितिको गम्भीर ध्यानाकर्षण भएको छ, सो घटना प्रकरणका सम्बन्धमा सत्यतथ्य सहितको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न, कुटनीतिक पहलद्वारा दोषीलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउने, पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्ने, व्यास क्षेत्रका बासिन्दाहरुको सुरक्षा तथा आवतजावतको लागि आवश्यक पर्ने पुल, मोटरबाटो, लगायतका स्थानीय पूर्वाधारहरु यथाशीघ्र निर्माण गर्ने, दार्चुलादेखि टिंकरसम्मको सडक निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्ने, तुइनलाई तत्काल विस्थापित गरी झोलुंगे एवं पक्की पुलको व्यवस्था गर्ने र ती क्षेत्रका बासिन्दाका लागि हाललाई खाद्यान्न र औषधिको आवश्यक व्यवस्था गरी जनजीवन सहज बनाउने, कञ्चनपुर जिल्लाकी निर्मला पन्तको मिति २०७५ साउन १० गजे बलात्कार गरी हत्या भएको ३ वर्ष बितिसक्दा पनि हालसम्म सत्तथ्य बाहिर आउन नसक्नु दुखद् कुरा हो, तसर्थ तत्काल सत्यतथ्यका आधारमा उक्त घटनामा संलग्न अपराधीलाई यथाशीघ्र सार्वजनिक गरी हदैसम्मको कानुनी कारबाही गर्ने, बालिका र महिलामाथि हुने हिंसा, बलात्कार र हत्याका घटनाहरु नियन्त्रण र अपराधीलाई समयमा नै कारबाही गर्न नसक्दा आपराधीक घटनाहरु बढ्दै गइरहेको सन्दर्भमा घटनाहरु तत्काल नियन्त्रण गरी अपराधीलाई हदैसम्मको कारबाही गर्न आवश्यक व्यवस्था मिलाउनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?