कैलाली, २५ चैत । ११ किलो लागूऔषध चरेशसहित शनिबार साँझ प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।शनिबार साँझ बझाङबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ३१२६ नं.को बसको डिक्कीमा मकै र कोदोको बोराभित्र लुकाएको अवस्थामा अस्थायी प्रहरीले चेकजाच गर्ने क्रममा ११ किलो लागूऔषध एकजनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका १ का ५० वर्षीया दलबहादुर रोकाया रहेको बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ऋषिराम कँडेलले जानकारी दिए ।थप अनुसन्धानका लागि प्रहरीले बस र बसका कर्मचारीहरुलाई समेत नियन्त्रणमा लिएको बझाङ प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया