भारतीय क्रिकेटर जसको नाम ‘द लर्ड्स’मा लेखिएको छ

काठमाडौं। इङ्ल्यान्ड र भारतबीच जारी दोस्रो टेस्टको पहिलो दिनमा भारतीय ओपनर के.एल. राहुलले ‘द लर्ड्स’मा शतक प्रहार गरेका छन्।

‘द होम अफ क्रिकेट’ नामने बहुचर्चित लर्ड्स क्रिकेट ग्राउण्डको महत्व क्रिकेट जगतमा छुट्टै रहेको छ। क्रिकेटको सबैभन्दा ठूलो ब्रान्ड ‘मारीलेबन क्रिकेट क्लब’को स्वामित्वमा रहेको लर्ड्स मैदानमा क्रिकेट खेल्न पाउनु कुनै पनि क्रिकेटरको लागि सौभाग्यको कुरा हो।

Lord's Cricket Ground

ड्रेसिङ रूमदेखि मैदान सम्मको त्यो लामो हिँडाइ कुनै पनि क्रिकेटको लागि अविस्मरणीय अनुभव हुनेछ। त्यस्तै यहाँ शतक प्रहार गर्नुको महत्व त झन् निकै ठुलो रहेको छ। यहाँ शतक प्रहार गर्ने खेलाडीको नाम द लर्ड्स अनर्स बोर्डमा सधैंको लागि लेखिन्छ। त्यस्तै एक इनिङमा ५ विकेट तथा एक खेलमा १० विकेट लिने खेलाडीको नाम पनि यहाँ सदैव रहिरहन्छ।

यो कीर्तिमान रच्ने पछिल्लो खेलाडी बनेका छन् भारतीय ओपनर के.एल. राहुल। राहुलले बिहीवार इङ्ल्यान्डविरुद्ध पहिलो इनिङमा १२७ रनको अविजित पारी खेलका छन्। यसअघि सन् २०१४ मा भारतीय टेस्ट टोलीका उप-कप्तान अजिन्क्या रहानेले यो उपलब्धि प्राप्त गरेका थिए। रहानेले त्यसबेला इङ्ल्यान्डविरुद्ध १०३ रनको पारी खेलेका थिए।

May be an image of 3 people

लर्ड्समा शतक प्रहार गर्ने भारतीय खेलाडी

१) भिनु मनकड

Vinoo Mankad

रन: १८४
प्रतिद्वन्दी: इङ्ल्यान्ड
वर्ष: सन् १९५२

२) दिलीप भेंगसरकार

India cricket team

शतक: ३
प्रतिद्वन्दी: इङ्ल्यान्ड
वर्ष: सन् १९७९, १९८२ र १९८६

३) सौरभ गांगुली

Sourav Ganguly

रन: १३१
प्रतिद्वन्दी: इङ्ल्यान्ड
वर्ष: सन् १९९६

४) मोहम्मद अजरउद्दिन

List Of Indian Batsmen To Score A Test Century At Lord's Cricket Ground

रन: १२१
प्रतिद्वन्दी: इङ्ल्यान्ड
वर्ष: सन् १९९०

५) जी विश्वनाथ

G Vishwanath

रन: ११३
प्रतिद्वन्दी: इङ्ल्यान्ड
वर्ष: सन् १९७९

६) रवि शास्त्री

Ravi Shastri

रन: १००
प्रतिद्वन्दी: इङ्ल्यान्ड
वर्ष: सन् १९९०

७) अजित अगरकर

Ajit Agarkar

रन: १०९
प्रतिद्वन्दी: इङ्ल्यान्ड
वर्ष: सन् २००२

८) अजिन्क्या रहाने

Ajinkya Rahane

रन: १०३
प्रतिद्वन्दी: इङ्ल्यान्ड
वर्ष: सन् २०१४

९) राहुल द्रविड

Rahul Dravid

रन: १०३
प्रतिद्वन्दी: इङ्ल्यान्ड
वर्ष: सन् २०११

१०) के.एल. राहुल

ENG vs IND, 2nd Test: KL Rahul Scores Sixth Test Hundred In Lord's  Masterclass

रन: १२७*
प्रतिद्वन्दी: इङ्ल्यान्ड
वर्ष: सन् २०२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?