पीएसजीमा मेस्सीको प्रभाव : जर्सी बिक्रीदेखि समाजिक सञ्जालसम्म

काठमाडौं। लियोनल मेस्सी स्पेनिश क्लब बार्सिलोनाबाट पीएसजी गएसँगै फ्रान्सेली राजधानीमा उनको प्रभाव देखिन थालेको छ।

आफ्नो पूरै करियर बार्सिलोनाबाट फुटबल खेल्दै आएका मेस्सीले अर्को कुनै क्लबबाट फुटबल खेल्छन् भन्ने कुरा एक साता अगाडिसम्म पनि अकल्पनीय नै थियो। तर अहिले यो वास्तविकता भइसकेको छ, मेस्सी बार्सिलोनाको होइन पीएसजीका खेलाडी हुन्।

My dream is to win another Champions League' | The Daily Star

लियोनल मेस्सी विश्वकै उत्कृष्ट मध्येका एक खेलाडी त हुन् नै, उनी एक ग्लोबल आइकन पनि हुन,। भन्नै पर्दा उनी आफैँमा एउटा ब्रान्ड समेत हुन्। बार्सिलोना आउँदा १३ वर्षे ठिटो भएर क्लब छिरेका मेस्सी विश्वविख्यात हुँदै संसारकै उत्कृष्ट खेलाडी हुँदासम्म पनि बार्सिलोनामै रहेका थिए। ‘वान क्लब म्यान’ भनेर आफूलाई स्थापित गरिसकेका मेस्सी, अर्को कुनै क्लब जाँदा त्यस क्लबमा पर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावको बारेमा शायदै सोचिएको थियो।

अहिले मेस्सी पीएसजीमा आबद्ध भएसँगै उनको वास्तविक क्रेज देखिएको छ। रोनाल्डो र मेस्सी, यस युगका दुई सर्वोत्कृष्ट खेलाडी हुन्। फरक के मात्र रह्यो भन्दा, रोनाल्डोले आफ्नो करियरमा चारवटा क्लबबाट व्यावसायिक फुटबल खेले। पोर्चुगलको स्पोर्टिङ्ग क्लबबाट शुरु भएको उनको यात्रा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिश क्लब रियल मड्रिड हुँदै इटालियन क्लब युभेन्टससम्म पुगेको छ। उनी जुन क्लबमा गए, त्यहाँ स्टार भए।

Messi, After Signing With P.S.G., Is Greeted With Cheers in Paris - The New York Times

मेस्सी भने दुई दशकदेखि बार्सिलोनामै रहिरहे। मेस्सी र बार्सिलोना, नङ र मासुको सम्बन्ध झैं भइसकेको थियो। बेला बेलामा मेस्सीले बार्सिलोना छाड्ने हल्ला बाहिर नआएका पनि होइनन्। यसको यादहरु ताजा नै छन्। गत वर्ष मात्र उनले बार्सा छाड्ने लगभग निश्चित हुँदा संसारभरिका क्लब उनको हस्ताक्षरको लागि तँछाडमछाडको स्थितिमा पुगिसकेका थिए। खैर, त्यो त ट्रेलर मात्रै थियो।

यस वर्ष अप्रत्यासित रूपमा मेस्सी र बार्सिलोनाबीच सम्बन्ध विच्छेद भयो। विश्वका अरु क्लबहरूले राम्ररी पत्तो पनि नपाउँदै पेरिसस्थित पीएसजीले मौकाको फाइदा उठायो। उसले मेस्सीलाई तुरुन्तै आफ्नो क्लबमा अनुबन्धित गर्ने कदम चाल्यो। कुराहरू यसरी जुर्यो कि, मात्र ४८ घण्टाको समयमा मेस्सी पेरिसमा देखिए। पीएसजीको लागि यो निकै ठूलो कुरा थियो। तर मेस्सी पीएसजी आएसँगै उनले विरासतमा लिएर आउने कुरा बारे अझै पनि पेरिस सायद अज्ञात नै थियो। पीएसजीका समर्थकहरु मेस्सीको पर्खाइमा त थिए, तर मेस्सी आफू एक्लै आएनन्, उनले आफूसँगै लिएर आएका छन् आफ्नो विरासत, आफ्नो प्रतिष्ठा र ठूलो फ्यान फलोइङ।

Fans took flags and flares to watch Lionel Messi unveiled as a PSG player

 

जर्सी बिक्री

मेस्सी पीएसजीमा अनुबन्धित हुने पक्का भएसँगै क्लबले उनको नामको जर्सी आफ्नो औपचारिक स्टोर तथा अनलाइन प्ल्याटफर्ममा बिक्रीमा राख्यो। ‘भिजिट द अनलाइन स्टोर एण्ड गेट लियो मेस्सी जर्सी’, यो पोस्ट पीएसजीले आफ्नो सामाजिक सञ्जालमा राखेको मात्रै के थियो, त्यसको ७ मिनेटमै १ लाख ५० हजार मेस्सीको जर्सी बिक्री भइसकेको थियो।

The Pull Of Brand Messi: Shirts, Social Media And TV Rights

करिब ३० मिनेटको समय नबित्दै अनलाइन स्टोरहरु आउट अफ स्टकको अवस्थामा पुगेका थिए। एउटा जर्सी ९२ पाउण्ड मूल्यमा राखिएको थियो, अनलाइन स्टोर मार्फत बिक्रीमा राखिएको जर्सी मध्ये अब केही महिला तथा बच्चाहरूको जर्सी मात्रै बाँकी छन्। त्यस्तै पीएसजीले आफ्नो औपचारिक स्टोरमा राखेको मेस्सीको जर्सी किन्ने घुइँचो को त कुरै नगरौं। त्यो लाममा लागेका सबै समर्थकले शायदै जर्सी किन्न पाए होलान्।

पीएसजीले यसअघि एक वर्षमा बिक्री गरेको जर्सी संख्या २ लाख २६ हजारको रहेको छ। सन् २०१७ मा नेयमार पीएसजीमा अनुबन्धित हुँदा क्लबले १० हजार जर्सी बिक्री गरेको थियो। पीएसजीको औपचारिक प्रायोजक नाइकीको स्टोरमा मेस्सी जर्सी अझै पुगिसकेको छैन। हामी कल्पना गर्न सक्छौं, एक वर्षमा पीएसजीले मेस्सीको जर्सी बिक्रीबाट मात्रै कति आम्दानी गर्नेछ।

 

सामजिक सञ्जालमा फलोवर्सको वृद्धि

मेस्सी पीएसजी गएसँगै पीएसजीको ट्वीटर तथा तथा इन्स्टाग्राम फलोवर्स पनि बेढेको बढ्यै छन्। न्युजविकका अनुसार अगस्ट ४ देखि अगस्ट ११ सम्म पीएसजीको ट्वीटरमा ५.६५ मिलियन फलोवर्स बढेका थिए। त्यस्तै क्लबले औपचारिक रूपमा मेस्सी अनुबन्धित भएको समाचार सार्वजनिक गरेको एक घण्टामा पीएसजीको ट्वीटर एकाउन्टमा १.२ मिलियन फलोवर्स अझ बढे।

 

उता इन्स्टाग्राममा पनि मेस्सीको आगमन पछि पीएसजीको फलोवर्स आकाशिएको छ। मेस्सीको आगमनले पीएसजीको इन्स्टाग्राममा ३.०७ मिलियन फलोवर्सको वृद्धि भयो। त्यस्तै दोस्रो दिनमा पनि क्लबको इन्स्टाग्राममा २.३४ मिलियन फलोवर्स बढेको पाइयो। यससँगै पीएसजीको इन्स्टाग्राममा ४४.२ मिलियन फलोवर्स पुगेका छन् र यो संख्या अझै बढ्ने क्रममा रहेको छ।

 

मेस्सीको आगमनको प्रभाव पीएसजीमा त छँदैछ, उनको बहिर्गमनको प्रभाव बार्सिलोनामा पनि उत्तिकै परिरहेको अवस्था छ। प्रत्येक वर्ष बार्सामा ८० प्रतिशत जर्सी मेस्सीकै नामको बिक्री हुने गरेको थियो। यस सिजन पनि मेस्सी बार्सिलोनामै रहने लगभग पक्का भएसँगै जुन १६ देखि नै उनको नामको जर्सी बिक्रीमा राखिएको थियो।

यस दुई महिनाको दौरानमा बार्सिलोनाले धेरै मेस्सीको जर्सी बेचिसहेको थियो। उनको र पीएसजीबीचको सहमतिसँगै बार्सिलोनाबाट एकाएक मेस्सीको जर्सी हटाइएको छ र यस सिजन मेस्सी नामको बार्सिलोना जर्सी किनिसकेका ग्राहकलाई जर्सी साट्न दुई महिनाको समय दिइएको छ।

बार्सिलोनालाई यस जर्सी फेरबदलले आर्थिक असर त पर्दैन। किनभने यसको रकम बार्सिलोनाको औपचारिक प्रायोजक नाइकीले बेहोर्छ। पीएसजीको प्रायोजक पनि नाइकी नै भएकोले यो प्रक्रिया खासै गार्हो पनि नहोला। तर बार्सिलोनाले मेस्सीको जर्सी बिक्रीबाट वार्षिक रुपमा जुन २०-३० मिलियन युरोको आम्दानी गर्ने गर्दथ्यो, त्यो भने ठप्प हुने भएको छ। अर्को भाषामा बार्सिलोनाको जर्सी बिक्रीमा ८० प्रतिशतको कमी आउने देखिएको छ।

मेस्सी पीएसजीमा अनुबन्धित भएको आज मात्र दोस्रो दिन हो। उनको प्रभाव यी दुई क्लबमा अझै कति पर्ने हो, यो त हेर्न बाँकी नै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?