काठमाडौं । भूमिसम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध नेपाल भूमिहीन सुकुम्बासी संगठनले विरोध जनाउँदै संघर्षका कार्यक्रमहरु तय गरेको छ ।
संगठनकी अध्यक्ष एवं एमाले सांसद शान्ता चौधरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भोलिबाट आन्दोलनका कार्यक्रम तय गरेको जानकारी गराएकी छिन् ।
भूमिसम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णयले सदियौँदेखि जमिनको मालिक बन्ने सपना बोकेको भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको विरुद्ध सरकार लागेको संगठनको आरोप रहेको छ ।
‘परमादेशद्वारा गठित सरकारले सदियौँदेखि जमिनको मालिक बन्ने सपना बोकी बसेका लाखौँलाख भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको छातीमा लात मागेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया