जनप्रतिनिधिविरुद्ध प्रचण्डले दिएको भ्याकेट रिटमा आज सुनुवाइ हुँदै

लोकपथ
189
Shares

काठमाडौं । माओवादी केन्द्र छाडेर एमालेमा लागेका जनप्रतिनिधिहरुविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको भ्याकेट निवेदनमा आज सुनुवाइ हुँदैछ ।

फागुन २३ को सर्वोच्चको फैसलापछि पार्टी विभाजनमा गएसँगै एमालेमा लागेका जनप्रतिनिधिहरुलाई पार्टीले कारवाही गरेसँगै पदमुक्त भएका थिए । पदमुक्त भएका जनप्रनिनिधिहरुको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले काम गर्न पाउने गरि अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्चको फैसलापछि प्रचण्डले कामकारवाहीमा रोक लगाउन माग गर्दै भ्याकेट निवेदन दर्ता गराएका थिए ।

सोही रिटमा बिहीबारका लागि पेसी तोकिएको छ । आज न्यायाधीशहरु आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा सुनुवाइ हुँदैछ ।

सर्वोच्चको फैसलापछि रौतहटको मौलापुर नगरपालिकाकी मेय रिनाकुमारी साह, कटहरीयाका मेयर सियराम कुशवाह लगायत वडाअध्यक्षदेखि मेयरसम्मका ४१ जना जनप्रतिनिधिहरुले माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?