टोकियो ओलम्पिक: जर्मनीका वेल्ब्रोकले जिते पौडी म्याराथनमा स्वर्ण

काठमाडौं । जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष १० किलोमीटर पौडी म्याराथनमा जर्मनीका फ्लोरियन वेल्ब्रोकले स्वर्ण पदक जितेका छन्।

पौडी म्याराथनमा वर्तमान विश्व च्याम्पियन समेत रहेका वेल्ब्रोक एउटै ओलम्पिकमा पौडी तथा पौडी म्याराथनमा पदक जित्ने मात्र दोस्रो खेलाडी बन्न सफल भएका छन्। पहिलो ल्याप देखि नै अग्रता लिन सफल भएका जर्मन पौडीबाज वेल्ब्रोकले १ घण्टा ४८ मिनेट ३३.७ सेकेन्डमा म्याराथन पूरा गर्दै स्वर्ण पदक जित्न सफल भएका छन्।

त्यस्तै हंगेरीका क्रिस्टोफ रासोभ्सकीले १ घण्टा ४८ मिनेट ५९ सेकेन्डको समयमा म्याराथन पूरा गर्दै रजत पदक जितेका छन्। इटालीका ग्रेगोरियो पाल्ट्रिनिएरीले भने १ घण्टा ४९ मिनेट १.१ सेकेन्डमा म्याराथन पूरा गर्दै काश्य पदक जित्न सफल भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?