महन्थको मुद्दा ‘लगाउ’ मा राख्न सर्वोच्चको आदेश

लोकपथ
1.4k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको मुद्दा ‘लगाउ’ मा राख्न सर्वोच्चले आदेश दिएको छ ।

बुधवार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सोही प्रकृतिको विवादको मद्दा अर्को पनि भएको बताउँदै लगाउमा राख्न आदेश दिएका हुन् ।

जसपाभित्रको विवादको सोही प्रकृतिको मुद्दा अर्को पनि रहेकोले दुवै मुद्दा सँगै हेर्ने प्रयोजनका लागि ‘लगाउ’ मा राखिएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

‘जसपाभित्र सोही प्रकृतिको मुद्दा अर्को पनि भएकाले ‘लगाउ’मा राख्न आदेश दिइएको छ ।’ उनले भने ।

निर्वाचन आयोगले जसपाको उपेन्द्र पक्षलाई आधिकारिकता दिएपछि आफूलाई अन्याय भएको भन्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?