काठमाडौं । सरकारले रेल्वे कम्पनीका महानिर्देशक गुरु भट्टराईसँग स्पष्टीकरण माग गरेको छ ।
आज बसेको मन्त्रीपरिषद् बैठकले रेल्वे कम्पनीका महानिर्देशक भट्टराईसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
पछिल्लो समय रेल्वे कम्पनीले विभिन्न ठेक्कापट्टामा चलखेल गरेको गुनासो सुनिँदै आएको भन्दै सरकारले स्पष्टीकरण सोधेको हो ।
त्यसैगरी आजको बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको छ ।
त्यसैगरी विदेशी उत्पादन कम्पनीहरुलाई उत्पादनको अनुमती दिने निर्णय समेत आजको बैठकले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया