ओली-नेपालबीच भेटवार्ताको तयारी, जुट्ला त सहमति ?

लोकपथ
252
Shares

काठमाडौं । नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुँदै छ ।

दुई नेताबीच आज भेटवार्ता हुने भनिए पनि हालसम्म समय र स्थान भने टुंगो लागि नसकेको एक नेताले जानकारी दिए ।

एमाले विवाद तीव्र रुपले अघि बढिरहेको भए पनि दोस्रो पुस्ताहरु एमाले मिलाउन क्रियाशील भएर लागेका छन् । दोस्रो पुस्ताकै जोडबलमा आज ओली र नेपालबीच भेटवार्ता हुन लागेको हो ।

ओली र नेपाल एकअर्कालाई तीव्र गाली गर्दै अघि बढिरहेको भए पनि दोस्रो तहका नेताहरु भने पार्टीलाई एकताबद्ध बनाउनको लागि निरन्तर प्रयासरत छन् । दोस्रो तहकै नेताहरुको जोडबलका कारण दुई नेताबीच भेटवार्ता हुन लागेको हो ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल एक-अर्काप्रति आक्रमक भाषण गर्दै आएका छन् । सोमवार नेता नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले एकतामा खलल पुग्ने खालको अभिव्यक्ति नदिन नेता नेपाललाई ध्यानाकर्षण समेत गराएका थिए ।

कार्यदलले दश बुँदे सहमति गरेर पार्टीलाई बुझाएको भए पनि वरिष्ठ नेता नेपालको दश बुँदे सहमतिमा असन्तुष्टि रहदैँ आएको छ । यद्यपि आफू एकताकै पक्षमा रहेको उनले स्पष्ट पारेका छन् । एकताकै लागि भनरे आफैँले समर्थन गरेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा समेत नेपाल पक्ष सहभागी भएको छैन ।

माधव नेपाललाई एमालेमा ठाउँ छैन भनेर सार्वजनिक अभिव्यक्ति दिने अध्यक्ष ओली एकताका लागि नेपालसँग वार्ता गर्न राजी हुनुलाई निकै चासोपूर्वक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?