काठमाडौं। अबदेखि मोटर साइकलको ट्रायल दिँदा आफ्नो सवारी प्रयोग गर्न नपाइने भएको छ ।
यातायात व्यवस्था विभागले पुरानो व्यवस्था संशोधन गर्दै त्यस्तो व्यवस्था गरेको हो । पुरानो व्यवस्थामा ट्रायल दिँदा आफ्नै मोटर साइकलबाट दिन पाइने व्यवस्था थियो । आफ्नै मोटरसाइकल ल्याउन दिँदा पार्किङ लगायतका विभिन्न समस्या भएकाले त्यस्तो व्यवस्था संशोधन गरिएको विभागले जनाएको छ ।
‘‘ पुरानो व्यवस्थाले समस्या निम्त्यायो,त्यसैले अब ट्रायल दिँदा निजी मोटरसाइकल ल्याउन पाइँदैन ।’’ विभागका महानिर्देशक नमराज घिमिरेले लोकपथसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया