फिल्म ‘हैरान’ को पोष्टर रिलिज

काठमाडौं, १३ चैत – कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्म ‘हैरान’ को पोस्टर सार्वजनिक गरिएको छ ।राजधानीमा एक औपचारिक कार्यक्रम गर्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा सुवेदी श्रेष्ठको निधनप्रति शोक व्यक्त गरियो ।निर्माण टिमले सिनेमाका सबै पात्रलाई समेटेर पोस्टर सार्वजनिक ग–यो । पत्रकार शान्तिप्रिय, कलाकार सरोज खनाल र फिल्म निर्माण टिमले संयुक्त रुपमा पोस्टर सार्वजनिक गरे ।सामाजिक विषयवस्तुमा तयार भएको फिल्ममा सरोज खनाल, सत्यराज आचार्य, बुद्धि तामाङ, वसिम राजा, गजित विष्ट, सागर लम्साल, निश्मा घिमिरे, निर्मल शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । सिनेमा कथा र कोरियोग्राफी गम्भीर विष्टको छ भने द्वन्द्व चन्द्र पन्तको छ ।फिल्मलाई मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाइएल लामाले निर्माण गरेका हुन् । त्यस्तै कार्यकारी निर्मात्रीमा सम्झना पोखरेल रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?