सुरु भयो एमाले स्थायी कमिटी बैठक, यी एजेण्डामा हुँदैछ छलफल

लोकपथ
714
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

पूर्व निर्धारित विभिन्न ३ एजेण्डामाथि छलफल गर्न आजको बैठक बसेको हो ।

तुलसीलाल स्मृति भवन च्यासलमा सुरु भएको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन र पार्टी सदस्यता नवीकरण तथा वितरणको सम्बन्धमा छलफल हुने बताइएको छ ।

यसअघि शनिवारको लागि बैठक बोलाइए पनि वरिष्ठ नेता नेपाल पक्षको आग्रहमा रोकिएको थियो । आजको बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतमको समेत उपस्थिती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?