सिन्धुपाल्चोक । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आईपीओ भर्ने समय थप गरेको छ।
भोटेकोशी गाउँपालिकाको आग्रहमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर निष्काशन तथा बिक्री खुला अवधिको म्याद साउन मसान्तसम्मका लागि थप गरिएको गाउँपालिकाले जनाएको छ।
मध्य भोटेकोशीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शेयर निष्काशन तथा बिक्री खुला अवधि साउन ३२ गतेसम्म कायम भएको जनाएको हो।
तोकिएको समयावधिभित्र माग भए बमोजिमको शेर बिक्री हुने सम्भावना कम देखिएकाले १५ दिन समावधि थप गर्ने भोटेकोशी जलविद्युत कम्पनीको सञ्चालक समितिको साउन १४ गतेको बैठकले निर्णय गरेको क्यापिटलले जनाएको छ।
निष्कासन गरिएको कुल कित्तामध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं १ र ५, बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि छुट्याइएको छ। बाँकी ७० प्रतिशत अर्थात् ४२ लाख कित्ता सिन्धुपाल्चोकको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाले आवेदन दिन पाउनेछन्।
कम्पनीको आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि आवेदन दिन पाइने कम्पनीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया