कतारले कामदारलाई क्षतिपूर्ति दिने, नेपाली पनि लाभान्वित हुने

दोहा, २० चैत । कतारले सन् २०२२ मा विश्वकप आयोजनाका लागि रंगशाला लगायतका भौतिक संरचना निर्माण गर्न ल्याइएका बिदेशी कामदारलाई कतारले क्षतिपूर्ति दिने भएको छ ।विश्वकप फुटबल आयोजनाका लागि संरचना निर्माणका लागि कतार ल्याइएका कामदार ठूलो रकम तिरेर आएपनि श्रम शोषणामा परेको अधिकारवादीहरुले आवाज उठाएपछि कतार सरकारले क्षतिपूर्ति दिने भएको हो ।रंगशालालगायतका भौतिक संरचना निर्माणका लागि नेपाल, भारत, बंगलादेश लगायतका राष्ट्रबाट हजारौं कामदार कतार पुगेका छन् ।कतार वल्र्डकम आयोजक समितिले विदेशी कामदारले करिव ५० लाख डलर क्षतिपूर्तिस्वरुप पाउने घोषणा गरेको एपीले जनाएको छ ।कामदार कतार आउने क्रममा म्यानपावर कम्पनीलाई तिरेको रकम फिर्ता गर्नेगरी आयोजकले क्षतिपूर्ति दिन लागेको हो ।विश्वकप आयोजक समितिका महासचिव हसन अल थवाडीले भने, ‘आफ्नो परिवारको हातमुख जोड्न देश छाडेर आएका कामदारहरु पीडित भएका छन, उनीहरुलाई हामी क्षतिपूर्ति दिन्छौं ।’आयोजकका अनुसार आगामी दुई वर्षभित्र करिव १ अर्ब २० करोड कतारी रियाल अर्थात् झण्डै ५२ करोड डलर कामदारलाई क्षतिपूर्ति स्वरुप दिइने छ । यसरी क्षतिपूर्ति पाउनेमा सबैभन्दा ठूलो संख्या नेपाली कामदारको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?