ओलीले पद त्यागेमात्रै पार्टी एकता हुन्छ : नेतृ झाँक्री

लोकपथ
203
Shares

काठमाडौं ।  नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले पद त्यागेमात्रै पार्टी एकता सम्भव रहेको बताएकी छन् ।

काठमाडौंमा आयोजित अखिल फोर्सको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै झाँक्रीले ओली अध्यक्ष रहेसम्म आफूहरु एकतामा जान नसक्ने बताइन् ।

नेतृ झाँक्रीले ओलीलाई पार्टी अध्यक्ष मानेर कुनैपनि हालतमा एमाले एकता सम्भव नभएको बताइन्। एकताका लागि ओलीले अध्यक्ष पद छाड्नुपर्ने उनको भनाइ छ ।

पुस ५ र जेठ ७ को कदम प्रतिगमन कि जनादेश भन्ने विषयमा अध्यक्ष ओली प्रष्ट नहुन्जेलसम्म एकताको बाटो नखुल्ने झाँक्रीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?