माधव नेपाल देशद्रोही हुन् : ओली

लोकपथ
49
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालमाथि कटाक्ष पोखेका छन् । काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालमाथि कटाक्ष पोख्दै देशद्रोहीको संज्ञा समेत दिए।

उनले भने, ‘माधव नेपालजस्ता आन्दोलन विरोधी देशद्रोही जस्तालाई कुनै पनि ठाउँ छैन । आफ्नो पार्टीको अध्यक्ष र प्राधनमन्त्रीले विश्वासको मत माग्दा २२ जना सांसद बाहिर लिएर जाने तर, दक्षिणपन्थी सरकार बनाउन विश्वास जाहेर गर्न ह्वीप उल्लंघन गरेर भोट हाल्न जाने यो भन्दा निर्लज्ज र दलाली काम अरू के हुन सक्छ रु यस्तालाई पार्टीमा ठाउँ छैन ।’

प्रतिक्रियावादी शक्तिहरूसँग मिलेर एमालेको सरकार ढालेको र प्रतिगनमनमा सहभागी भएर दक्षिणपन्थी सरकार बनाएको आरोप पनि ओलीले नेपालमाथि लगाए ।

बाटो बिराएका अरु नेताहरु भने पार्टीमा फर्किन सक्ने ओलीले बताए । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो अउँदैन, आउँदैन । समय कुर्दैन’ ओलीले भने । अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?