काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठक तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण तथा वितरणको सम्बन्धमा छलफल हुने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया