काठमाडौं – गिजोलिँदै गएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आन्तरीक विवाद समाधान गर्न र पार्टी एकता गराउने प्रयासस्वरुप आज पनि वरिष्ठ नेता माधवकुमार नेपालसँग एमाले उपमहासचिव विष्णु पौडेलले भेट्दै छन् ।
बिहीबार एमालेका अर्का नेता सुवास नेम्वाङसँग नेपालले भेट गरेको भएपनि मेलमिलापको वातावरण नदेखिएका कारण पौडेलले आज पनि भेटवार्ताको प्रयास गर्न लागेका हुन् ।
नेम्वाङसँगको भेटमा नेता नेपालले शुक्रबार आफूले पौडेलसँग छलफल गर्ने बताएका थिए । त्यसैले आज पौडेलले नेपालसँग भेटेर पार्टीको विवाद मिलाउन ओलीसँग छलफलका लागि अनुरोध गर्ने बताएका हुन् ।
हिजो नेम्वाङ र नेता नेपालबीचको भेटमा यसअघि कार्यदलले बनाएको १० बुँदे प्रस्तावमा ओली नेपाल बसेर छलफल गर्नेबारे कुरा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया