भोलि प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने

लोकपथ
119
Shares

काठमाडौं । शुक्रवार(भोलि) प्रतिनिधिसभाको बैठक बस्दै छ ।

भोलि बस्ने बैठकमा प्रधानमन्त्रीले शेरबहादुर देउवाले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको छ ।

आज संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै सो बारेमा जानकारी गराएको हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को ४१ बमोजिम सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?