जसपाको कार्यकारिणी बैठक सुरु, मन्त्रीबारे टुंगो लगाउँदै

लोकपथ
49
Shares

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालको तेस्रो दिनको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु भएको छ ।

बुधबार दिउँसो पार्टी कार्यालय तुलसीलाल अमात्य स्मृति भवनमा बैठक निर्धारित समयभन्दा केही ढिला गरी सुरु भएको हो ।

बिहान ११ बजेदेखि नै बैठक सुरु हुने भनिए पनि पार्टीका शीर्ष नेताहरु नआएकोले बैठक बस्न ढिला गरी सुरु भएको हो ।

आज बस्ने बैठकमा सरकारमा मन्त्री पठाउने विषय, कार्यकारिणी समितिलाई पूर्णता दिने र संगठन विस्तार तथा समायोजन गर्ने विषयमा छलफल गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?