गठबन्धनबीच मन्त्रीको भागबण्डा मिल्यो, कसले कति मन्त्रालय पाउने ?

लोकपथ
1.1k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रीहरुको भागबण्डा मिलाएको छ । बिहीबार बसेको सत्तारुढ गठबन्धन बैठकले मन्त्रीसहित मन्त्रालयको भागबण्डा मिलाएको हो ।

माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति गठबन्धनबीच भएको हो ।

माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् ।

गठबन्धनले कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारेको जसपाका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?