काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ कायम भएको हो ।
बुधबार बजारमा छापावाला सुन पनि प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले नै बढ्दै ९१ हजार ९०० रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला चाँदी १ हजार २ सय ५५ रहेको थियो । भने आज मूल्य बढि प्रतितोला १२ सय ७० रुपैयाँ मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया