१. पछिल्लो २४ घण्टामा गरिएको १७ हजार ५ सय १८ परीक्षणमा नेपालमा थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ७ सय ७८ जना कोरोना संक्रमणमुक्त, २० जनाको मृत्यु
२. ओली नेतृत्वको सरकारले यसअघि नियुक्त गरेका सबै प्रदेश प्रमुखहरुलाई हटाउने सरकारको तयारी, गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस
३. असोज दोस्रो सातादेखि नेपालमा कोरोनाको तेस्रो लहर आउने प्रक्षेपण, जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आकलन
४. प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेटवार्ता, माओवादी केन्द्रबाट देउवा नेतृत्वको मन्त्रीमण्डलमा २ जना सहभागी हुने संकेत
५. प्रतिनिधिसभा बैठकमा कोरोनाविरुद्धको खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण, तेस्रो लहरको जोखिमबाट बच्न बेलैमा तयारी गर्न माग
६. राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा। विश्व पौडेल नियुक्त, मंगलबारको मन्त्रिपरिषद् बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको जानकारी
७. लामो समय आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत, सम्मानजनक एकताका लागि थप प्रयास गर्न दुवै पक्ष सहमत
८. विवादित बन्दै आएको नेपाली कांग्रेसको क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण, ८ लाख ५२ हजार क्रियाशील सदस्यको विवरण बुझाइए पनि चार जिल्लामा सुल्टेन विवाद
९. सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोनाविरुद्धको खोप ल्याउने तयारी थाल्यो, बालबालिकाका लागि ६० लाख मात्रा कोरोनाविरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाइयो
१०. जबरजस्ती करणी उद्योग मुद्दामा पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई सफाइ, काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई उच्च अदालत पाटनद्वारा सदर
११. महोत्तरीमा हरित अभियान सुरु, चुरे संरक्षणका लागि तीन लाख बिरुवा रोपिँदै, बर्दिवासमा मात्रै ३५ हजारभन्दा बढी बिरुवा रोपियो
१२. सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरेको इजरायलद्वारा १ हजार जना नेपाली श्रमिकको माग, एक हप्ताभित्र विज्ञापन खुलाएर श्रमिक पठाउने सरकारको तयारी
१३. भारतको आसाम र मिजोरम राज्यमा सीमा विवादका क्रममा दंगा भड्किँदा ६ प्रहरी अधिकारी मारिए, ८० भन्दा बढी घाइते, दुई मुख्यमन्त्रीबीचको टसल ट्वीटरमा छताछुल्ल
१४. गत वर्ष जुनमा वार्ता असफल भएपछि सम्बन्धविच्छेद भएको उत्तर कोरिया र दक्षिण कोरियाबीच एक वर्षपछि हटलाइन सुरु, दुई देशका नेताहरुबीच भएको छलफलमा विश्वासलाई पुनर्निर्माण गर्दै सम्बन्ध सुधार गर्नेबारेमा सहमति
१५. र, टोकियो ओलम्पिकमा पुरुष सय मिटर फ्रि स्टाइल पौडीतर्फ नेपालका एलेक्जेन्डर एलेक्स शाहले रचे नयाँ राष्ट्रिय कीर्तिमान, महिला पौडी सय मिटर फ्रि स्टाइलमा भोली गौरिका सिंहले प्रतिस्पर्धा गर्दै
https://www.facebook.com/lokpath/videos/353500526351605
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया