काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौडेलले संविधानको प्रावधानमा अस्पष्टता भएको बताएकी छिन् ।
प्रतिनिधि सभा विघटनको सवालमा अदालतमा भएको लामो बहस कानुन व्यवसायीले गरेका बहसहरु हेर्दा संविधानको प्रावधानमा थुप्रै अस्पष्टता रहेको बताएकी हुन् । उनले सर्वोच्चको १६५ पृष्ठ लामो व्याख्यासहितको प्रतिवेदन आएकोबाट संविधानको प्रावधानमा धेरै अस्पष्टता र बिरोधाभाष भएको पनि बताएकी हुन् ।
विरोधाभाषलाई व्याख्या गर्दै यसलाई समृद्ध बनाउनु पर्ने र सुदृढ गर्नुपर्ने आवश्यक्ता रहेको उनको भनाइ रहेको छ । संविधान कार्यान्वयनको पहिलो चरणमै रहेको भन्दै उनले पाँच वर्षमा संविधान कार्यान्वन गर्दै जाँदा यस्त धेरै अस्पष्टता आउने भएकोले यसमा काम गर्नुपर्ने बताए ।
उनले भने, “संविधानको प्रावधानमा अस्पष्टता छ, प्रतिनिधि सभाको विघटनको सवालमा अदालतमा भएको थुप्रै कानून व्यवसायीले गरेका वहसहरु हेर्दा र सर्वोच्चको १६५ पृष्ठ लामो व्याख्यासहितको प्रतिवेदन आएकोबाट संविधानको प्रावधानमा धत्रेरुै अस्पष्टता र बिरोधाभाष छ, त्यसैले यसलाई समृद्ध बनउनुपर्छ ।”
उहाँले दलको ह्वीप लाग्ने/नलाग्ने भन्नेमा रेस्ट्रोकपेक्टिभ भन्ने रुलिङ भइसकेको कुरामा लाग्ने हो कि, अब हुने कुरामा लाग्ने हो भन्ने कुराको सर्वोच्च अदालतले जवाफ दिनुपर्ने बताइन् ।
उनले भनिन्, “दलको ह्वीप लाग्ने/नलाग्ने भन्नेमा रेस्ट्रोकपेक्टिभ भन्ने रुलिङ भन्ने छ, यो रुलिङ भइसकेको कुरामा लाग्ने हो कि, अब हुने कुरामा लाग्ने हो ? यसमा सर्वोच्च अदालत आफू क्लियर होला, तर यसको व्याख्यामा पनि फरक छ, विविधता छ, त्यसमा पनि जवाफ चाहिन्छ ।”
यो प्रतिवेदनमा दलको कानून व्यवसायीहरुबाट नभएर प्रोफेसरहरुबाट, कानून विज्ञहरुबाट इन्डिपेन्डेन्ड समूहहरुबाट व्यापक छलफल गर्नुपर्ने माग राखिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया